
पूर्णपुष्टि, भदौ ७
उदयपुरमा मोवाईल चोरी गर्ने एक समूह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले मोवाईल चोरी गर्ने तीन जनाको समूहलाई पक्राउ गरेका हुन् ।
विभिन्न समयमा हराएका तथा चोरी भएका मोवाईल खोजतलास गर्न जिप्रका उदयपुरबाट विशेष प्रहरीको टोलीले अनुसन्धान गरी फेला पारी मोवाईल चोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्रियुगा नगरपालिका–१० का २३ वर्षीय विशाल परियार, २३ वर्षीय अंचल भुजेल र १९ वर्षीय सन्देश भुजेलको समूहले मोवाईल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिप्रका उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विभिन्न समयमा हराएका तथा चोरी भएका छ थान एन्ड्रोईड मोवाईल फेला पारी मोवाईल धनीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

