
पूर्णपुष्टि, कार्तिक ८
लिभरपुलले गोलको बर्षा गर्दा म्यानचेस्टर युनाईटेडले हार बेहोर्नु परेको छ । आईतबार राती भएको खेलमा मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले ५–० ले युनाईटेड माथि फराकिलो जित हात पारेको छ । खेलको सुरुवातमा नाबी किएटाले लिभरपुलाई आग्रता दिलाएको थियो ।
खेलको १३ औँ मिनेटमा डिओगो जोटाले लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफको ३८ औं मिनेटमा र ईन्जुरी टाईममा सलाहले गोल गर्दै पहिलो हाफमा ४–० को आग्रता बनाएको थियो । ५० औं मिनेटमा सलाहले ह्याट्रिक पुरा गदैं लिभरपुलाई ५–० को आग्रता दिलाएको हो । दोस्रो हाफमा मैदान छिरेको १५ मिनेटमा नै पाउल पोग्वाले किएटा माथि फल गर्दा रातो कार्ड पाएर बाहिर निस्केका थिए । त्यस पछि १० खेलाडीमा सिमित युनाईटेडले जवाफी गोल फर्काउन सकेन ।

