Friday, June 26News That Matters

मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव स्पष्ट छैन : डब्लूएचओ

पूर्णपुष्टि, जेठ २९ गते ।

मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

पृथ्वीको दक्षिण धु्रवमा जाडो मौसम आउँदा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले नियमित प्रेस ब्रिफिङमा बताउनुभएको हो ।

कोरोना भाइरसको सङ्क्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा सङ्क्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मीयामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उहाँको भनाइ छ ।

मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उहाँले सुझाव दिनुभएको छ ।