
पूर्णपुष्टि, बैशाख २७ गते ।
म्याग्दीमा थप दई जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गी पोजेटिभ देखिएको अस्पतालले जनाएको हो ।
शुक्रबार थप दुई जनामा डेङ्गीको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ९ पुगेको छ ।
कोरोना भाईरस संक्रमणको महामारी फैलि रहेको बेला डेङ्गीको संक्रमित फैलिन थालेपछि झनै जनजीवन प्रभावित बन्दै गएको छ । यसवर्ष निकै डेङ्गीले सताउने सङ्केत देखिएको चिकित्सकहरु बताउँछन् ।
