Monday, June 29News That Matters

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता

पूर्णपुष्टि, असार २६

म्याग्दीको धौलागिरी गाउँपालिका–६ रिखामा पहिरोले २ घर बगाउँदा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङबाट पहिरो खसेर भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाउँदा ७ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

भीमप्रसादको घरमा ४ र धनबहादुरको घरमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । यस्तै कल्लेनीको धारखोलामा आएको बाढीले २ वटा घर बगाएको छ ।

म्याग्दीकै रघुगङ्गा नदीमा आएको बाढीले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटमा रहेको बेलिब्रिजसमेत बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्कविच्छेद भएको छ । यस्तै पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।