Tuesday, June 9News That Matters

म्याद गुज्रीएको खाद्य सामग्री नष्ट

पूर्णपुष्टि, भदौ ६

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीबजारबाट २९ हजारभन्दा बढीको म्याद गुज्रीएको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र ईलाका प्रहरी कार्यालय हलेसीको संयुक्त टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा म्याद गुज्रीएको  बिस्कुट, चाउचाउ, पेप्सी, दाल, आँटा, पापड, ग्लुकोज, मसला, कुरमुरे, मसला लगायतका सामग्री जफत गरेको हो । बजारका खाद्य तथा किराना पसलबाट २९ हाजर ४९० रुपैयाँ मूल्यको म्याद जुग्रीएको सामग्री नष्ट गरिएको छ ।

कोभिड–१९ को महामारीकाबिचमा हुनसक्ने कालोबजारी, मूल्यवृद्धि, कृत्रि अभाव लगायतका विषयलाई लक्षित गर्दै अनुगमन गरिएको प्रशासनले जनाएको छ । अनुगमन टोलीले व्यवसायीलाई म्याद नाघेका खाद्यबस्तु बिक्रीवितरण नगर्न, दर्ता नगरिएका पसललाई तत्काल दर्ता गरेर मात्र व्यावसाय सञ्चालन गर्न अनुरोध गरेको छ । संक्रमणको महामारीका बेला सर्वसाधारणलाई ठगिनबाट जोगाउनका लागि बजार अनुगमन गरिएको प्रशासनले जनाएको छ ।