
पूर्णपुष्टि, चैत १७ ।
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा सप्तरीबाट एक युवक पक्राउ परेको छ । जिल्लाको महदेवा गाउँपालिका–२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरीको महदेवा गाउँपालिका–२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी गरेको आरोपमा पक्रेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
