Monday, June 22News That Matters

यस कारण एमसीसी नेपालको हितमा छैन ः माओवादी मजदुर पार्टी

पूर्णपुष्टि, बैशाख १८

माओवादी मजदुर पार्टीले एमसीसी संयूक्त राज्य अमेरिकाको सरकारी संस्था रहेको बताएको छ । हालै नेपालमा ल्याउन लागिएको एमसीसी नेपाल र नेपाली जनताका हितमा नरहेको भन्दै यसलाई ख्यारेज गर्न पार्टीले माग गरेको हो ।एमसिसिमा नेपालमा भएको हिंसा र अत्याचारको कुनै कानुन नलाग्ने प्रमाणहरु रहेको बताउँदै यसले भोली धेरै नेपाली जनताहरुलाई दुख दिने र अन्यायमा पार्ने प्रेस बिज्ञाप्तीमा उल्लेख गरेको छ ।

एमसीसी सम्झौतामा भएको बुद्धाहरु अनुसार नेपालमा भएका कुनै पनि नकरात्मक गतिविधि भए अमेरिकालाई कानुन नलाग्ने, हानी नोक्सानी, मृत्यु, बलत्कार, हत्या भएमा सरकारले अमेरीकालाई कानुन नलाग्ने सहमत भएको बिज्ञाप्तीमा उल्लेख छ ।