Tuesday, June 2News That Matters

यातायात मन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक ३

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रिले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराउनुभएको छ ।

आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत मन्त्रिले आग्रह गर्नुभएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो ।