Thursday, May 7News That Matters

यात्रु सहायता कक्षको उद्घाटन

उदयपुर, असोज १० गते । 

चाडबाडमा हुने सवारी सधानको अनियमिता र दुर्घटनलाई न्युनिकरण गर्नका लागि यात्रु सहायता कक्ष उद्घाटन भएको छ । दशैँ, तिहारमा हुने सवारी साधनको अनियमिता र दुर्घटनालाई न्युनिकरण गर्नका लागि त्रियुगा बस पार्कमा शुक्रबार कक्षको उद्घाटन गरेको हो ।

१ न. प्रदेश ट्राफिक प्रहरी ईटहरी, जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा कक्ष संचालनमा आएको हो । सरकारले तोकेको भन्दा बढी भाडा यात्रुसँग सवारी साधनले लिने गरेको र सिट क्षमता भन्दा बढी कोच्ने समस्याले अन्य दुर्घटना निम्त्याउन सक्ने भएकाले यात्रु सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।

विगतका वर्षहरुमा चाड पर्वको बेला चालकहरुले मादकपदार्थ सेवन गरी सवारी सचलाएर दुर्घटना भएको घटना बढी भएकाले आउने र जाने दुवै सवारी साधनका चालकलाई चेक जाँच गर्ने र यदि त्यस्तो पाईएमा कडा कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) वीरबहादुर बुढामगरले बताए ।

यातायात व्यावसायीहरुले सिट क्षमता भन्दा बढी यात्रु कोच्नाले यात्रुलाई सास्ती र दुर्घटना हुने भएकाले सय त्यस्तो समस्या निम्तीन नदिनका लागि कक्ष संचालनमा ल्याएको एसपी मगरले बताए । गत वर्षहरुमा टिकटमा तोकिएको भाडा भन्दा बढी पैसा लिने समस्या आएकाले नियन्त्रण गर्नका लागि कक्ष संचालनमा आउने छ ।

कानुन भन्दा बाहिर गएर कुनै काम गरिएको पाईएमा कडा भन्दा कडा कारवाही हुने भएकाले सवै समयमै सचेत हुन व्यावसायीहरुलाई आग्रहसमेत एसपी मगरले गरेका छन् । कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यावसायीको संयुक्त टिम रहने व्यावस्था गरिएको प्रहरीले जनाएको छ ।

साना तथा ठुला यातायातमा सरकारले तोकेको भाडा दर टाँस्नु पर्ने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए । सवारी साधनमा टाँसेको भाडा दर लिस्टले यात्रु र सवारी साधनवालाई सहज बनाउने छ । भाडा दर टाँसिएपछि यात्रुले बावाविवाद नगर्ने र सवारीवालाले ठग्न नपाउने अधिकारी खड्काले बताए ।

सवारी साधनमा यात्रा गर्दा कुनै समस्या आएमा नेपाल प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्न प्रजिअ खड्काले आग्रह गरेका छन् । ठाउँ–ठाउँमा २४ सै घण्टा चेकजाँच र चालकलाई आउँदा जाँदा मापसे चेक लगायतका कुराले सहज यात्रा हुने उनले बताए । नियम कानुनलाई मिचेर त्यस्ता खालको गतिविधि गरेको पाईएमा कानुनले कसैलाई पनि नछाड्नले भएकाले सचेत भएर आफ्नो काम कर्तव्य पुरा गर्न प्रजिअ खड्काले सुल्झाएका छन् ।

गत वर्षहरुमा केहि सवारी साधनले नराम्रो काम गरेपनि यस वर्ष त्यस्ता खालको गतिविधि हुन नदिने यातायात व्यावसायी समितिहरुका अध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् । समयमै सवै सवारी साधनका चालकहरुलाई सचेत गराउने उनिहरुले बताएका छन् ।