Wednesday, April 22News That Matters

युरो २०२४ : तीन पूर्वविजेतासहित चार टोली सेमिफाइनलमा

पूर्णपुष्टि, असार २३ । जर्मनीमा जारी युरो २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण तय भएको छ। शनिबार राति सम्पन्न अन्तिम दुई क्वाटरफाइनल खेलपछि तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा प्रवेश गरेका छन्।

पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्ड आमने–सामने हुनेछन्।
क्वाटरफाइनलमा:

नेदरल्याण्ड्सले टर्कीलाई २–१ ले हरायो
इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो
स्पेनले आयोजक जर्मनीलाई हरायो
फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हरायो

तीन पटकको विजेता स्पेन (१९६४, २००८, २०१२) चौथो उपाधि जित्ने लक्ष्यमा छ । दुई पटकको च्याम्पियन फ्रान्स (१९८४, २०००) र एक पटकको विजेता नेदरल्याण्ड्स (१९८८) पनि उपाधि दाबेदार छन्। इंग्ल्याण्ड पहिलो युरो उपाधि जित्ने प्रयासमा छ।

स्पेन र इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा पुगेका हुन्। फ्रान्स २०१६ पछि पहिलो पटक यो चरणमा पुगेको छ भने नेदरल्याण्ड्स २० वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो। फाइनल नजिकिँदै गर्दा यी चार शक्तिशाली टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ।