
पूर्णपुष्टि, असार १ गते ।
कैलालीको एक क्वरेन्टीनमा बसेकी युवतीमाथि सामूहिक करणी गर्ने तीन जना युवा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
पीडित ३१ वर्षीया युवतीले सामूहिक करणी गर्ने तीनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुद्दा दर्ता भएपछि तत्काल आरोपित तीनै जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ ।
उनीहरु क्वरेन्टीनमा स्वयम सेवकको रुपमा खटिएका थिए ।
