
पूर्णपुष्टि, असोज २४
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युवाहरुलाई विदेशीन दिनुनहुने बताउनुभएको छ । स्थानीय तहरुले युवाहरुलाई अहिले कृषि र पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभएको हो ।
रसुवावाढी नाका तथा नुवाकोट र रसुवामा भइरहेका विकास निर्माणका आयोजनाको अवलोकन गर्न पुग्नु भएका मन्त्री ज्ञवालीले तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपन्क्षीपालन लगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुपर्ने बताउनुभयो ।
देशका शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेकाले त्यसलाई रोक्न सक्ने योजना बनाउन उहाँले निर्देशन पनि दिनुभयो । विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने विश्वास व्यक्त गर्नुभयो।
सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन मन्त्रि ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
त्यस्तै मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुुर्याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताउनुभयो ।

