
कात्तिक १७ गते ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रमा एकता भएको पाँच महिनापछि जिल्ला कमिटीको एकीकरण टुंगो लगाएको छ । शनिबार बसेको बैठकले भागबण्डाका आधारमा एकीकरण टुंगो लगाई आइतबार विज्ञप्ति जारी गर्दै युवा संघले एकताको काम सकिएको जनाएको हो ।
तत्कालीन एमाले निकट युवा संघले ४२ र माओवादी निकट वाईसीएलले ३५ जिल्ला अध्यक्ष पाउने गरी ७७ जिल्ला मध्ये भागबण्डा टुंग्याएको संघले जनाएको छ ।
तत्कालिन दुई पाटी भित्रका एकले अध्यक्ष पाउँदा अर्को इन्चार्ज रहने प्रावधान सहमतिबाट जुटाइएको हो । सय आधारमा ४२ मा तत्कालीन माओवादी निकट वाईसीएलले इन्चार्ज पाएको छ भने एमाले निकट युवा संघले ३५ जिल्ला इन्चार्ज पाउने भएको छ ।
कुन जिल्लामा कस्ले पाए अध्यक्ष तल हेर्नुहोस् ।

