
पूर्णपुष्टि, फागुन १८ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रमलाई सम्बोधन गरेर कर्सीतर्फ लम्किदै थिए । त्यसैसमय दर्शकदिर्घाको तर्फबाट जुत्ता प्रहार भयो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृतिसभालाई सम्बोधन गरेर कुर्सीमा फर्कने क्रममा भएको जुत्ता प्रचार प्रचण्डलाई भने लागेन । मञ्चमा रहेका प्रचण्डसम्म जुत्ता पुगेन ।
जुत्ता प्रहार गर्ने ब्यक्ति एक युवा रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । जुत्ता हान्ने युवा जुम्लाका रतन तिरुवा रहेका छन् । उनले भाषण चित्त नबुझेर आवेशमा जुत्ता हानेको प्रहरीलाई बयान दिएको बताइएको छ । भाषणमा वर्गसंघर्षको कुरा गरेको र त्यो कुरा आफुलाई पटक्कै चित्त नबुझेर आवेशमा आइ जुत्ता प्रहार गर्न पुगेको तिरुवाले बताएका छन् ।
अन्दाजी २० वर्षिय तिरुवा लोकसेवाको तयारीमा रहेको बुझिएको छ । उनको बुवा मोहन तिरुवा सशस्त्र द्वन्द्वकालमा ज्यान गुमाएका थिए ।
