
भदौ २२ गते
एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी खेलमा बंगलादेशसँग नेपालले खेल खेल्ने छ ।
पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल सेमिफाइनल पुग्न बंगलादेशमाथि जित हाँसिल गर्नु पर्ने हुन्छ ।
नेपाल र बंगालादेश अहिलेसम्म आठ पटक खेलिसकेका छन् । १९९८ मा पहिलो पटक खेलको यी दुई टिम अन्तिम पटक बंगलादेशमा नै दुई पक्षीय सिरिज खेलका थिए ।
