Monday, June 29News That Matters

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २ जना वैज्ञानिकलाई

पूर्णपुष्टि, असोज २१

सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिकलाई दिईने भएको छ ।
जिनोम एडिटिङको तरिका विकसित गर्ने इम्यानुएल कारपेन्टियर र जेनिफर ए डुडनालाई रसानशास्त्रतर्फको नोबेल पुरस्कार दिने नोबेल पुरस्कार कमिटीले घोषणा गरेको हो ।

वाशिङ्टनमा जन्मेका डुडना युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलीमा प्रोफेसर छिन् । त्यस्तै फ्रान्सको जुबिसी–सर–ओर्गमा जन्मेका कारपेन्टियर जर्मनीको बर्लिनमा म्याक्स प्लङ्क युनिट फर दि साइन्स अफ प्याथोजेन्सकी निर्देशक हुन् ।

उनीहरुले सबैभन्दा तीव्र उपकरण क्रिस्पर क्यास९ जेनेटिक सिसर को खोज गरेका छन् । यस प्रविधिले जीव विज्ञानमा एक क्रान्तिकारी प्रभाव पारेको छ ।

यी दुई जनाले विकसित गरेको प्रविधिको उपयोग गर्दै शोधकर्ताहरुले जनावर, बोटबिरुवा र सुक्ष्म जीवहरुको डीएनएमा अत्यधिक उच्च शुद्धतासहित परिवर्तन गर्न सक्छन् ।