Tuesday, April 28News That Matters

रसुवागढी नाका जोड्ने सडक एकतर्फी खुल्ने

पूर्णपुष्टि, साउन २१

रसुवागढी नाका जोड्ने सडक एक हप्ताभित्र एकतर्फी खुल्ने भएको छ ।

धुञ्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा कटान भएको सडक मर्मतको काम चलिरहेकाले आगामी एकहप्ताभित्र सञ्चालनमा आउने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

भार्खुडाँडामा ५० मिटर सडक कटान भएर १ मिटरमात्रै बाँकी छ ।  अहिले यहाँ पर्खाल बनाउने काम चलिरहेको छ ।

पर्खाल बनाएपछि मात्रै दुई तर्फी रुपमा नै सञ्चालनमा आउने छ । यो सडक खण्ड साउन १८ गतेदेखि बन्द छ । रसुवाका अरु सडक खण्ड भने सञ्चालनमा रहेको छन् ।