
माघ १५ गते ।
नेपाल–चिन रसुवाको रसुवागढी नाका १५ दिनसम्म बन्द हुने भएको छ । रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्मको सडक मर्मत सुरु भएकाले नाका बन्द गरिएको हो ।
चीनको जिलोङ काउन्टीले मङ्गलबार विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नु पहिला नेपाली र चिनियाँ अधिकारीहरू बीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो ।
बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुङ्गाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।
