Sunday, August 9News That Matters

राइस कुकरभित्र सुन लुकाएर ल्याउने एक जना विमास्थलबाट पक्राउ

पूर्णपुष्टि, चैत २५

राइस कुकरभित्र सुन लकाएर ल्याउने एक जना युवक विमास्थलबाट पक्राउ परेको छ । फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्याउने धनुषाका ३४ वर्षीय प्रकाश महरालाई  प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।

मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका महरालाई विमानस्थलस्थित भन्सार कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्याएका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।