Thursday, July 2News That Matters

राजकुमार हमदद्वारा मनास्लु हिमालको सफल आरोहण

पूर्णपुष्टि, असोज २९ 

बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलता पूर्वक आरोहण गरेको छ ।
टोलले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ ।

८ हजार १ सय ५६ मिटरको मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । बहराइन राजकुमार हमदले टोलीले असोज १७ गते ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको पनि आरोहण गरेको थियो ।

यो टोलीले आउँदो वसन्तमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत गरिरहेको प्रालिले जनाएको छ ।