
पूर्णपुष्टि/जेष्ठ, २
नेकपाका युवा नेता तथा एन्फा प्रवक्ता किरण राईले यो समय कुनै आफ्नो स्वार्थको लागि मात्र उपयुक्त नभएको बताउनु भएको छ । एतिवेला मानवताको ब्यबाहरमुखि सहयोगको समय रहेको उहाँले बताउनुभयो ।
कोरोना भाइरसका कारण नेपाल पूर्ण लकडाउन भएसँगै धेरै ठाउँहरुमा दुखि गरिबहरु भोकमरीमा परेको अवस्थालाई स्मरण गर्दै राइले राहत वितरण गर्दा मानविय हिसावले वितरण कार्यलाई अघि सार्न स्थानीय सरकार तथा सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभएको छ ।
राईले राहत वितरणमा कुनै पनि स्वार्थ हुनु नहुने बताउनुभयो । राजनितक स्वार्थ, भौगोलिक स्वार्थ, सामाजिक स्वार्थ र जातिय आदि स्वार्थमा राहत वितरण गर्दा बास्ताविक पिडितहरु भने ओझेलमा पर्ने उहाँको भनाइ छ ।
उहाँले पूर्णपुष्टि लाइभ संम्वादमा आफ्नो विचार प्रस्तुत गर्दै राहत वितरण शैली पनि अलिक नमिलेको विश्लेषण गर्नु भएको छ । राहत वितरण भन्ने बित्तिकै सबै एकै चोटी वितरण गर्ने र वास्ताविक मजदुरहरुको पहिचान विना बाँड्ने शैलि रहेको उहाँको विश्लेषण रहेको छ । राइले राहत सबैलाई नभइ अति आवश्यक मान्छेहरुलाई मात्र ठिक ठिक समयमा वितरण गर्नु पर्ने बताउनुभयो । यहाँ आफ्नो स्वार्थ र भोटको सुरक्षाको निम्ति राहत वितरण भएको महसुस भएको उहाँले बताउनुभयो ।
यता लिनेले पनि विचार गरेर मात्र राहत लिनु आग्रह गर्नुभएको छ । केहि हुने खानेले पनि राहत लिदा वास्ताविक गरिब परिवारहरुमा भोकमरी सिर्जना हुने उहाँले बताउनुभयो । हुने खानेले लिएको राहत नहुने बर्गमा पुराउन सकियो भने मात्र गरिबहरुलाई लकडाउन भरी भोकमरी बाट व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो ।
राइले राहत कार्य पनि अलिक छिटो भएको बताउनुभयो । स्थानीय सरकारले भैँचालो आएको वेला जस्तो एकै पटक राहत वितरण गर्दा अब झनै समस्या आइपर्ने उहाँको बुझाइ छ । राहत वितरण गर्दा लकडाउन अवस्थालाई पनि मध्यनजर गर्नु पर्ने थियो उहाँले भन्नुभयो । १ हप्ता भनिएको लकडाउन आज २ महिना सम्म पुग्दा समस्याहरु थपिने अवस्था अब चै आएको छ उहाँले भन्नुभयो ।
भएको राहतहरुलाई वास्ताविक मानिसहरु समक्ष मात्र पुराउने र त्यसको संरक्षण गर्दै भबिष्य सम्मको लाकडाउन सम्म खाद्यन्नको व्यवस्थामा स्थानीय सरकार र सम्बन्धित निकायहरुले नबुझेको उहाँले बताउनुभयो । आज ५४ दिन वितिसक्दा अर्को ५४ दिन आउने कुरालाई पनि सोचेर राहत वितरण हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।
राइले राहत अनावश्यक व्यक्तिहरुलाई पनि दिने र त्यस्ता व्यक्तिहरुले पनि लिने गरेको बताउनुभयो । हरेक वडाहरुमा आवश्यक होस या नहोस ५ लाखको प्याकेजको जिम्मा भएपछि वितरण गरिकनै छाड्ने प्रविधि ठिक नभएको उहाँले बताउनुभयो । कुनै वडामा त्यस्तो व्यक्ति नै छैन अथवा कम भएको अवस्थामा अन्य धेरै गरिबि भएकोवडाहरुलाई दिने अथवा पछि आवश्यक ठाउँमा प्रयोग गर्ने प्रविधि नभएको उहाँले बताउनुभयो ।
राइले लकडाउनकै अवस्थामा पनि कृषि क्षेत्रलाई भने सहज गराउनु पर्ने बताउनुभएको छ । सामाजिक दुरी कायम गर्दै भएपनि उत्पादनमा ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्का लागि स्रोत साधन, आवश्यक सामाग्री र किसानहरुलाई काममा सहज गर्नु पर्ने उहाँले बताउनुभयो ।
राइले दिन प्रतिदिन बढ्दै गएको कोरोना नेपालमा यसको परिक्षणको दायरा बढाउन जरुरी रहेको बताउनुभयो । त्यस्का लागि सरकारले आवश्यक स्रोत साधनहरुको व्यवस्था र दायरा बढाइ तत्काल रोकथाम तथा नियन्त्रणमा ध्यान दिनु पर्ने बताउनुभयो ।
केही समय अघि देशकै सबै भन्दा बढी संक्रमण फैलिएको उदयपुरमा अवस्था तनाव रहेको थियो । प्रशासन, सुरक्षाकर्मि, स्वास्थ्यकर्मी, संञ्चारकर्मी, राजनितिककर्मी, सामाजिक अभियान्ता र नागरिकहरुको सकरात्मक पहलले अहिले स्थिति समान्य रहेको उहाँले बताउनुभयो । राइले त्रियुगा नगरपालिकाको संकास्पद वडाहरु ८ देखि ९ ओटा वडाहरुमा कम्तिमा १ परिवार १ परिक्षणको आवश्यक रहेको समेत बताउनुभयो ।
