Sunday, June 28News That Matters

राजीनामा गर्न ओली तयार

पूर्णपुष्टि, फागुन १२

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न तयार रहेको नेकपा प्रवक्ता प्रदिव ज्ञवालीले संकेत गर्नु भएकाे छ। ‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्ने ज्ञावालीले संकेत गर्नुभयाे । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ ।

अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।  बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा ओली निकट प्रवक्ता ज्ञवालीले पनि सो कुरालाई संकेत गर्नुभएकाे हाे । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।