Sunday, June 14News That Matters

रातभर प्लेनको ढोका खुल्ला राखेको भन्दै नेपाल एयरलाइन्सका दुई इन्जिनियर निलम्बनमा

पूर्णपुष्टि,चैत्र ७ । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको प्लेनको ढोका रातभर खुला राखेको भन्दै दुई इन्जिनियर निलम्बन गरेको छ । प्राधिकरणले लापरवाही तपरिकाले रातभर जहाजको ढोका खुला राखेरको भन्दै नेपाल वायुसेवा निगम ९नेवानी०का दुई जना इन्जिनियरलाई निलम्बन गरेको हो ।

उनीहरुलाई निलम्बन गरी आवश्यक कार्वाहीका लागि छानबिन समिति बनाउन निर्देशन दिईसकेको प्रधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् । उनका अनुसार ‘१८ मार्चमा वाइडबडी जहाज रातभर ह्यांगरमा राख्दा ककपिटको ढोका खुला भएको पाइएको थियो ।’, भुलले भने, ‘सोही कारण नेवानीका दुईजना एरोनटिकल इन्जिनियरलाई निलम्बन गरी छानबिन अघि बढेको छ ।’

जहाज अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द भएको हुनुपर्ने र ढोका खुला हुँदा बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शंकास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम हुने सूचना अधिकारी भुलले जानकारी दिएका छन् ।