
पूर्णपुष्टि, चैत ७ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले पहिचानको नाममा भोट मागेर गैर पहिचान खुल्ने नामाकरण भएको बताएका छन् । सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासंघको भेलालाई सम्बोधन गर्दै किरातीले पहिचानको नाममा भोट मागेर गैर पहिचान खुल्ने नामाकरण सांसदहरूले गरेको बताएका हुन् ।
कोसी प्रदेश नामको विषयमा बोल्दै मन्त्री किरातीले झुक्काएर पहिचान विरोधी नामाकरणका निम्ति हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई कुलले समेत धिक्कार्ने बताएका छन् । पहिचानवादी आन्दाचेलन अति जातिवादमा समेत जान सक्ने विषयमा समेत किरातीले सजक गराए ।
खस आर्यको योग्यता र आदिवासी जनजातिको ईमान्दारिता मिलायो भने मात्र देश बन्छ । देश बनाउँछु भन्ने नेताले जनताको मनोविज्ञानपनि बुझ्नु पर्ने र समाजवादको भाषण रैथाने आदिवासी जनजाति सँगै छ ‘किरातीले भने’ हामीले यसैलाई विकास गरेर नेपाली विशेषताको समाजवाद निर्माण गर्न सक्छौ । विदेशी फोटो कपीको जरुरी छैन यदि गरियो भने त्यो समाजवाद नटिक्ने उनको भनाई छ । मन्त्री किरातीले आदिवासी जनजातिहरुको भोट उनीहरूकै निम्ति हानिकारक भएको पनि टिप्पणी गरेका छन् ।
