Friday, May 22News That Matters

पत्रकार राई प्रेस सेन्टरमा

पूर्णपुष्टि, चैत ७ । उदयपुरको बेल्टार निवासी पत्रकार राजेन्द्र दुष्ट आज नेकपा माओवादी केन्द्र प्रवेशसंगै प्रेस सेन्टरमा आवद्ध भएका छन् ।
बेलका नगरपालिकामा एक कार्यक्रमकाबीच पत्रकार राई प्रवेश गरका हुन् । उनलाई पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज मणि खम्बु किराँती, केन्द्रीय बैकल्पिक सदस्य केपी बराल लगायत प्रदेश सदस्यहरुले प्रवेश गराउदै स्वागत गरेका थिए । प्रेस सेन्टरका केन्द्रीय सदस्य महेश्वर चामलिङ, भोटराज राई, प्रदेश सचिव गजेन्द्र राई, जिल्ला अध्यक्ष सुपराज किरातीले स्वागत गरेका थिए । पत्रकार राई फोनिज १ नं. प्रदेशका उपाध्यक्षसमेत हुन् ।