Saturday, May 16News That Matters

राता रात स्टार बन्ने खलिफा

भदौ २८ गते । 

पूर्व पोर्न स्टार मिया खलिफाले दिएको एक अन्तरबार्तामा पोर्न फिल्म छाडेकी जनाएको छ । उनले अन्तरबार्तामा त्यस क्षेत्रमा किन र कसरी पुगिन् भन्ने विभिन्न प्रश्नको सहज रुपले उत्तर दिएकी छिन् ।

कलेजे पढ्दा आफ्नो तौलको कारण निकै चिन्तित रहेको खलिफाले जनाएको छ । उनलाई कसैले वास्ता नगर्ने भएकाले ग्र्याजुएसन गर्दै तौल घटाएको उनले बताईन् । स्तन ठूलो भएको कारण निकै अप्ठ्यारो महसुस हुन्थ्यो । तर विस्तारै तौल घटेसँगै मानिसहरुले म प्रति चासो दिन सुरु गरे उनले भनिन् ।

ग्र्याजुएसन पूरा भएपछि जागिरको खोजीमा रहेकी खलिफाले त्यसै क्रममा एउटा केटा भेटे जनाएको छ । त्यो केटाले उसँग काम गर्न चाहेको तर एडल्ट फिल्ड भएको जानकारी गराएको उनले बताईन् । केटाले सुन्दर भएको भन्दै न्यूड मोडलिङ गर्न अफर गर्यो । त्यसपछि फ्लोरिन्डा गए । तर पहिलो पटक काम नगरेपनि दोस्रो पटकबाट फिल्मको काम गरेको उनले बताईन् ।

पोर्न क्षेत्रमा आफुलाई पीडित नठान्ने जिकिर गर्दै यो काम आफ्नै इच्छाले गरेको र यसमा कुनै पनि प्रकारको दबाब नआएको खलिफाले बताइन् । पहिलो पटकमै करोडौँ भिजिटर बटुल्न सफल भयो । त्यसपछि उनी नम्बर एक पोर्न स्टार बनेको उनले बताईन् ।