Saturday, May 16News That Matters

रातो मासु खाने मानिसको आयु छोटो !

मानिसहरु विभिन्न अवसरमा मासुको प्रयोग धेरै नै गर्छन् । चाहे विवाह भोज होस् या ब्रतबन्ध । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो चैं हानिकारक छ भन्ने बारेमा ज्यादै कम मानिसमात्र जानकार रहेको पाईन्छ ।

यसबारेमा अमेरिकी मेडिकल जर्नल बि.एम.जेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ ।

रातो मासु खाने प्रचलनले मानिसको औषत आयु घटाउने पनि अध्ययनबाट निष्कर्ष निकालिएको छ । अध्ययनमा भनिएको छ, दैनिकी रातो मासुको आधा के.जी.खायो भने त्यस व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउँछ ।

यसैगरी, हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका पोषणविद् डा. फ्रान्क हु भन्छन्,“हामीले रातो मासुको प्रयोग हटाई माछा, अन्न, दाल, कुखुराको मासु, र अरु तरकारीको प्रयोग गर्नु पर्छ । रातो मासुको खानकीले मृत्यु दर बढाउँछ र त्यसमा पनि प्रशोधित रातो मासु त झन् हानिकारक हुन्छ ।”