Saturday, June 20News That Matters

राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’ गायक थापाको कोरोनाले निधन

भपूर्णपुष्टि, असार ११

झापामा नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’ का गायक मध्येका एक गायकको कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी अजय थापालाई गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

उनका पत्नी राधा थापालाई समेत कोरोना संक्रमण पुष्टि भएकोमा सोही अस्पतालमा उपचार भइरहेको छ ।

विसं २०६२÷६३ को जनआन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।