Wednesday, June 10News That Matters

राष्ट्रपति उम्मेदवार पौडेल र रवि लामिछाने बिच भेटवार्ता

पूर्णपुष्टि, फागुन १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने र काग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेल बिच भेटवार्ता भएको छ । शनिबार पौडेललाई काग्रेसले उम्मेदवार बनाउने निर्णय गरेपछि रविलाई भेट्न काठमाडौंको हात्तीगौडास्थित निवास पुगेका हुन् । सो भेटमा लामिछानेलाई पौडेले राष्ट्रपति निर्वाचनमा सहयोग मागेको पौडेल निकट पत्रकार खिला कार्कीले जनाकारी दिए ।

कार्कीका अनुसार यस विषयमा पार्टीमा छलफल गरि निर्णय लिनुपर्ने जवाफ लामिछानेले दिएका छन् । यता नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पौडेललाई माओवादी केन्द्र लगायत ८ दलले समर्थन गर्ने जनाएको छ।