Friday, April 17News That Matters

राष्ट्रपति पुटिनलाई थप २ कार्यकाल

पूर्णपुष्टि, चैत २४ 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अवको दुई कार्यकालको पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ ।

एक विधेयकमा हस्ताक्षर गरेसँगै राष्ट्रपति पुटिनले सन् २०३६ सम्म अर्थात अबको दुई कार्यकालसम्म नेतृत्व गर्न पाउने संवैधानिक अधिकार प्राप्त भएको हो ।

करिब दुई दशकदेखि सत्तामा रहनुभएका राष्ट्रपति पुटिनले यो कार्यकाल ६ वर्ष चलाइसक्नुभएको छ । गत वर्ष पुटिनको कार्यकाल बढाउने गरेर संविधान संशोधनका लागि रसियामा जनमत सङ्घर्ष गरिएको थियो ।

त्यहाँका मानिसहरुले पुटिनको समर्थनमा मत दिएका थिए । गत महिना यो सम्बन्धी विद्येयक सांसदहरुले संसदबाट अनुमोदन गरेका थिए ।

त्यसै विधेयकमा राष्ट्रपति पुटिनलाई हस्ताक्षर गरेसँगै उहाँलाई आफ्नो कार्यकाल बढाउने संवैधानिक अधिकार प्राप्त भएको हो ।