Saturday, May 16News That Matters

राष्ट्रपति पौडेलसँग जेनजीको वार्ता सुरु

पूर्णपुष्टि, असोज २५ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी प्रतिनिधि टोली शीतल निवास पुगेको छ। केही ढिलाइपछि वार्ता शुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरू पुगेपछि शीतल निवासमा छलफल सुरु गरिएको हो । बैठकमा प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू पनि उपस्थित छन् ।

सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भएको थियो । तर, बैठकमा २० जनाभन्दा बढी सहभागी भएको एक जेनजी अगुवाले जानकारी दिएका छन् । आजको वार्तामा जेनजीले राखेका विभिन्न मागहरूबारे छलफल हुने बताइएको छ ।