
पूर्णपुष्टि, जेष्ठ ७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पनि लोकतन्त्र र संविधान बिरुद्धको पक्षमा उभिएको प्रमाणित भएको बताउनु भएको छ ।
महिले अहिले सम्म प्रधानमन्त्री ओलीले मात्र लोकतन्त्र र संविधानको बिरुद्ध घात गरेको भनेको थिए, आज राष्ट्रपति पनि लोकतन्त्र र संविधान विरुद्धमा गएको प्रमाणित भयो, दाहालले भन्नुभयो ।
दाहालले यस्तो कदम प्रति आफ्नो आपत्ति रहेको जनाउदै यो कदम कुनै हालतमा क्षम्य नहुने बताउनुभयो ।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानका विरुद्ध अपराध गरेको भन्दै प्रचण्डले यो क्षम्य नहुने बताउनु भएको हो ।
राष्ट्रपतिले विहीबार साँझ २३ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि, ‘यो ठूलो षड्यन्त्र र संविधान, लोकतन्त्रमाथिको अर्को घात रहेको बताउनुभयो ।’
प्रचण्डले भन्नुभयो” राष्ट्रपतिजस्तो गरिमामय पद, जसलाई हामी सबैले मिलेर एउटा सम्मानितरुपमा स्थापित गर्न चाहेका थियौं । राष्ट्रपतिले अस्ति सपथ ग्रहणका बेलामा पनि प्रधानमन्त्रीको त्यो हरकत, देशका सबै बुद्धिजीवी, संविधानविद् र नागरिकहरुले लाजमर्दो घटनाका रुपमा लिएका थिए, त्यसलाई सच्याउनतिर लाग्नु त कता हो कता, अझ उल्टै देशलाई नै दुर्घटनामा लैजाने जो काम भएको छ, यो क्षम्य छैन ।
