Sunday, June 28News That Matters

राष्ट्रपतिद्धारा २० करोड लगानिमा बनेको अस्पतालको उद्घाटन

पूर्णपुष्टि, कार्तिक २१ ग्ते ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा निर्मित १५ शैयाको हिमालयन शेर्पा अस्पतालको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । आइतबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हमू गाउँपालिका– ३ फाक्दिङमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले हिमालयन शेर्पा फाउण्डेशनले २० करोड लागतमा निर्माण गरेको अस्पतालको उद्घाटन गरेकी हुन् ।
ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा रहेको अस्पतालबाट खुम्बु पासाङ ल्हमू ३ का फाक्दिङ क्षेत्रका ११ वटा बस्तीका र पर्यटक गरी करिब १० हजार नागरिक लाभान्वित हुने हिमालयन शेर्पा फाउण्डेशनका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पाले जानकारी दिए । यसअघि उपचारका लागि स्थानीय लुक्ला वा नाम्चे धाउनुपर्ने बाध्यता थियो ।
फाउण्डेशनका अध्यक्ष शेर्पाका अनुसार स्थानीयको माग अनुसार निशुल्क उपचार सेवा प्रवाह गर्ने गरी अस्पतालको निर्माणको योजना अघि सारिएको हो । अस्पतालमा अहिले एक जना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी रहेका छन् ।
२० करोड लागतमा निर्माण गरेको अस्पतालबाट ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा प्रदान गरिनेछ ।