Monday, April 20News That Matters

राष्ट्रसेवक सहकारी संस्थाहरुको प्रदेशस्तरीय प्रथम भेला सम्पन्न

पूर्णपुष्टि, चैत ११ । राष्ट्रसेवक सहकारी संस्थाहरुको कोशी प्रदेश स्तरीय भेला भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उदयपुर गाईघाटको रत्ना रिसोर्टम शुक्रबार देख सुरु भएको भेला शनिवार समापन भएको हो । कोशी प्रदेशस्तरीय राष्ट्रसेवक सहकारी भेला आयोजक समितिको आयोजना, नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश कार्य समितिको व्यवस्थापन, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति उदयपुर र राष्ट्रसेवक सरकारी संस्था लि. उदयपुरको सह व्यवस्थापनमा भेला सम्पन्न भएको हो ।

भेलाले सहकारीको सहकारीको सम्पती, दायित्व, व्याजदर, जगेडा कोष, जोखिम कोष, भाखा नाघेका ऋण, सामुहिक जमानीमा गरिएको लगानी, ऋण असुली, स्थिर सम्पती, लभांश वितरण, लेखा परीक्षण, साधारणसभा लगायतमा देखिएका समस्या समाधान गर्ने, सामाजिक उत्तरदायित्व वहन गर्ने लगायतका विषमा छलफल गरेको छ । सहकारीका सेयर सदस्य तथा परिवारलाई आत्मनिर्भर बनाउने, रोजगारमुलक कार्यक्रम संचालन गर्ने, ज्ञान, सिप, क्षमता बृद्धीका लागि नतिजामुखी तालिम र अध्ययन अवलोकन भ्रमणमा समाबेस गराउने,सहकारीको नेतृत्वमा रहने सबै अभियान्ता आफ्नो संस्थालाई पूर्णरुपमा सुशासनयुक्त नीति, विधी र प्रविधिमा आधारित रही सहकारी सञ्चालन गर्ने लगायतका बिषयहरु घोषणा पत्रमा समावेश गरिएको छ ।