
पूर्णपुष्टि, भदौ ३
नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका छन् । झण्डा जलाउने र विभिन्न समुदायमाथि गालीगलौज गर्दै म्युजिक भिडियो बनाउने तामाङसहित नौ जना पक्राउ परेका हुन् ।
विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउने र गाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्ने तामाङसहित उनका समूहका नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको हरीले जनाएको छ ।
मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ १ गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । भिडिओमा नेपालको राष्ट्रिय झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ ।
यसको सर्वत्र विरोध भइरहेको छ ।
