
पूर्णपुष्टि, फागनु १
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रमको शिलशिलामा शनिवार गाईघाट आईपुगेका पुर्कुटीलाई संघको कार्यालय परिसरमै आईतबार बिहान छलफल कार्यक्रम सहित सम्मान तथा स्वागत गरेको हो ।
संघका अध्यक्ष रमेश रसाईली, कांग्रेस नेता बस्नत वस्नेत, एमाले त्रियुगा नगर अध्यक्ष केशव घिमिरे तथा सम्पूर्ण पदाधिकारीहरुले मायाको चिनो प्रदान गर्दै पुर्कुटीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा सदस्य पुर्कुटीले आफ्नो क्षेत्रगत र कार्यगतका बारेमा धारणाहरु समेत राखेका छन् । उनले राष्ट्रिय दलित आयोग दलित समुदायहरुको निति निर्माण गर्ने संवैधानिक निकाय रहेको जनाए ।

यस आयोगले दलितहरुको हक अधिकार सुनिश्चित गराउन पहल चाल्ने सुझाएको छ । समाजमा जातिय बिभेदकै कारण नेपालमा राष्ट्रिय दलित अयोग गठन गर्न बाध्य पारिएको भन्दै छुवाछुत र भेदवावलाई निराकरणको लागि निति बनाउने र सबै जातजातिलाई समाजमा समावेशी बनाउने उदेश्य राष्ट्रिय दलित अयोगको कार्य रहेको उनले जनाए । दलित समुदाय अझै पनि हरेक हिसावले बिभेद नै रहेको र उनिहरुलाई समाजमा समान समावेशी गराउन यस आयोगले ठुलो भूमिका खेल्ने पुर्कुटीको भनाई छ ।

पुर्कुटीले दलित समुदायहरुलाई समावेशी तथा छुवाछुत बाट अन्त्य गर्न गैर दलितकै बढी भुमिका रहने जनाए । उनले दलितहरुलाई समाजमा छुवाछुत मुक्क्त गराउने र माथि उठाउनेमा राजनितिकहरुको ठुलो भुमिका रहने पनि जनाए । हरेक स्थानीय तहहरुमा दलितहरुको बिभेद बारे सचेतना कार्यक्रम चलाउने र दलितहरुलाई शिक्षा, रोजगार बारे नितिनै अगाडी बढाएर लैजाने हो भने दलित पनि समाजको अग्र पंक्तिमा बसेर काम गर्न सक्ने उनले बताए ।

उनले उदयपुर जिल्लाका सबै स्थानीय तहहरुमा जातिय छुवाछुत मुक्त घोषणा गर्न समेत अनुरोध गरे । त्रियुगा नगर छातिय छुवाछुत मुक्त शहर भन्ने सन्देश सहित यसै नारालाई सबै स्थानीय तहहरुमा लागु गर्न समेत अनुरोध गरे बिषेश गरी स्थानीय स्थरमै चेतनाको कम्जोरीले अझै पनि जातिय छुवाछुत अन्त्य हुन नसकेको भन्दै यसलाई पूर्ण रुपमा जोड गर्न उनले सुझाए ।
यस्तै संघका अध्यक्ष रमेश रसाईलीले दलित जातिय छुवाछुतको कार्य त्रियुगा उद्योग बाणिज्य संघमा पनि लागु गरेको संज्ञा दिएको छ । उनले व्यपारीहरुको संगठित छाता संगठनलाई केही दलालहरु, केहि राजनितिक व्यक्ति र प्रशासनले नियम विपरित मनोमनी गरेको जनाए ।

रसाईलीले जिल्ला प्रशासन कार्यालय उदयपुरले व्यपारीहरुको रगत पसिनालाई दलाल गरेर केहि व्यक्तिहरुको आडमा संघ र व्यवसायीहरुलाई धरापमा पारेको जनाए । व्यपारीहरुको नाउमा केहि व्यक्तिहरुले जुन थालमा खाएर त्यहि थालमा थुक्ने काम गर्ने व्यक्तिहरुलाई प्रशासनले संरक्षण दिन उचित नभएको भन्दै यसको नतिजा व्यपारीहरुले तत्कालै निकाल्ने समेत जनाए ।

प्रशासनले ब्यापारीहरुको हित विपरित केही व्यक्तिहरुलाई संरक्षण गर्दै नियम मिचेर गरेको कार्यप्रति त्रियुगा उद्योग बाणिज्य संघले आपत्ति जनाउँदै यस्तो कार्य तत्काल सुधार नगरे व्यापारीहरु सडकमा उत्रिने समेत चेतावनी दिएको छ । प्रशासनका आधिकारीक व्यक्तिहरुलाई पाउनाको रुपमा आफुहरुले स्वीकार गरिरहेको अवस्थामा आफैहरुलाई अन्याय गर्दै हिड्को पाईएको र यस्ता कार्य प्रति व्यापारी र संघले सडक आन्दोलन बाट न्यायको बाटो खोज्नु पर्ने समेत चेतावनी दिएको छ । सम्मान कार्यक्रममा पुकुर्टी सँगै संघले जेजिस २०२२ लाई पनि मायाको चिनो प्रदान गरेको छ ।

