Monday, April 20News That Matters

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा र्याली सहित विश्व अहिंसात्मक दिवस उदयपुरमा पनि मनाईयो

पूर्णपुष्टि, असोज १६
उदयपुरको गाईघाटमा शनिवार भूमि अधिकार मञ्च उदयपुरको आयोजनामा विश्वअहिंसात्मक दिवस र्याली सहित मनाईएको छ ।
विश्वलाई शान्ति राख्न पहिले हिंसात्मक गतिविधि हुनुहुँदैन विश्व शान्ति भए आफ्नो देशनै शान्ति हुन्छ भन्दै र्याली सहित यो दिवस उदयपुरमा पनि मनाईएको हो ।
अहिंसावादी नेता माहात्मा गान्धीको जन्म उत्सवको अवसर पारी अहिंसात्मक विश्व निर्माणका लागि चेताना फैलाउँदै गाईघाट स्थित त्रियुगा बसपार्क देखि आँखा अस्पताल हुँदै बजार परिक्रमा गरी बरुवा बसपा सम्म र्याली कार्यक्रम र कोणसभा गरी कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय भूमि अधिकार मञ्च उदयपुरका अध्यक्ष सन्त बहादुर सुनुवारले बताए । कार्यक्रममा उपाध्यक्ष गोमा राई, जिल्ला सचिब राजेश बि क, संयोजक फुर्तीमान राई, कार्यलय सचिब सन्तोषी बि क र कटारी, चौदण्डीगढी ,त्रियुगा नगर मञ्चका अगुवा सदस्यहरूको सहभागी थियो ।