Sunday, June 28News That Matters

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित

पूर्णपुष्टि, असार ४ गते । 

राष्ट्रिय सभाबाट नेपालको संविधानको दोस्रो संशोधन विधेयेक २०७७ सर्वसम्मतले पारित भएको छ ।

संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नको लागि पेस भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको हो ।

राष्ट्रिय सभामा उपस्थित ५७ जना सांसदले नै संविधान संशोधनको पक्षमा मतदान गरेका छन् । यसअघि यो विधेयक प्रतिनिधि सभाबाट पनि सर्वसम्मत पारित भइसकेको छ ।

भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपु्लेक र कालापानीको भू–भाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेको छ ।

संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न सरकारले विधेयेक ल्याएकोमा संसदका दुवै सदनले पारित भएको छ ।

अब यो विधेयेक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ ।