
पूणर्पुष्टि, जेष्ठ, २८
गाइघाट/रुकुम हत्या काण्डमा संलग्न दोषिहरुलाइ तत्काल कार्वाही गरी पिडितलाई उचित न्याय दिलाउन माग गर्दै गाईघाटमा बुधवार दबाब र्याली तथा कोणसभा भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति उदयपुरले दोषिहरुलाई सत्य तथ्य छानविन गरी तत्काल कार्वाहीको दायरामा ल्याउनु पर्ने माग राख्दै दबाब स्वरुप बिरोध गरेका हो ।
रुकुम हत्या काण्डको मुख्य जड जातिय भेदभाव नै रहेको भन्दै समितिले घटना प्रति आपत्ति जनाउँदै बिरोध गरेको छ । जाजरकोटका नवराज विक रुकुम सोति स्थित मल्ल परिवारमा केटि भगाउन जाँदा उक्त घटना घटेको थियो ।
यसै घटनाको सत्य तथ्य र निष्पक्ष छानविमा दबाब दिन उदयपुरमा संयुक्त राजनितिक दलित संघर्ष समिति गठित भएको थियो । समितिले बुधबार बाट र्याली प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानविन र दोषिलाई कार्वाहीको लागि खबरदारी गर्दै आएको समितिका सहसंयोजक सुमन परियारले बताउनुभयो ।
र्याली नगरापलिका बाट टेम्पो चोक हुँदै पिपलचोकमा आएर कोणसभा गरेको थियो । कोणसभामा बोल्दै बक्ताहरुले मृत्यु भएकाहरुलाई उचित क्षतिपुर्तिको माग, घाइतेलाई उपचार र पिडित परिवारहरुलाई सुरक्षा लगाएतका माग राखेका छन् ।
सभामा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष अमर परियार, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य भिम विश्वकर्मा र दलित महिला संघकी केन्द्रीय सदस्य पाण्डुपरियार लगाएतले रुकुम घटनाका दोषिहरुलाई निष्पक्ष छानविन गरी हदै सम्मको कार्वाहीको माग राखेका छन् ।
यदि छानविनमा पक्षपात र ढिलाई गरिएमा आफुहरु कडा संघर्षमा उत्रिने समेत चेतावनी दिएका छन् । घटनाबारे सम्बन्धित निकायहरुले तत्काल सुनुवाइ गरी दोषिहरुलाई कार्वाहीको दायरामा ल्याएर पिडितलाइ उचित क्षेतिपुर्ति, सुरक्षा, र न्याय दिनु पर्ने माग राखेका छन् ।
र्यालीमा जिल्लाका नेकपा निकटको दलित जनवर्गिय संगठन, नेपाल दलित मुक्ति मोर्चा, नेपाल उत्पिडित जातिय मुक्ति समाज, नेपाली कांग्रेस निकट दलित संघ, नेकपा क्रान्तिकारी माओवादी निकट दलित मुक्ति मोर्चा, सामाजिक संघसंस्था, राजनितिक पार्टीका दलित जनवर्गिय लगाएत दलित अगुवाहरुको उपस्थिति रहेका थिए ।
र्यालीमा रुकुम हत्याकाण्डका पिडितलाई न्याय दे, अन्र्तजातिय बिबाहको कारण दलितको हत्या कहिले सम्म, दलित माथी हुने सबै प्रकारको भेदभाव विरुद्द हाम्रो आन्दोलन जारी छ, रुकुम घटनाको निष्पक्ष छानविन गर, दलित मैत्री संविधान र कानुनको कार्यन्वयन गर, मानव अधिकारको रक्षा गर, रुकुम हत्याकाण्ड घाइतहरुको उपचार गर, पश्चिम रुकुमको चौरजहारी घटनाको दोषीलाई हदै सम्मको कार्वाही गर र वेपत्ताको खोजी गर भन्दै दबाव दिइएको थियो ।
यसअघि पनि रुकुम हत्या काण्डको विरुद्दमा दलित अधिकार संञ्जाल उदयपुरले जिल्ला प्रशासन कार्यलय मार्फत प्रधान्त्रिलाई ज्ञापन पत्र बुझाइ सकेको छ ।
