
पूणर्पुष्टि, जेष्ठ, २२
रुकुम हत्याकाण्ड बिरुद्ध उदयपुरमा संयुक्त दलित संघर्ष समिति गठन भएको छ । नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य भिम बहादुर विश्वकर्माको संयोजकत्व र दलित संघ उदयपुरका सभापति सुमन परियार सहसंयोजक रहेको ३१ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
समितिमा नेकपा, नेपाली कांग्रेस, तथा जिल्लाका विभिन्न राजनितिक पार्टीका दलित जनवर्गिय संगठनहरुका सदस्यहरु आबद्ध रहेका छन् । पश्चिम रुकुम हत्याकाण्डलाई निष्पक्ष छानविन गरी सत्य तथ्य पक्ता लगाई दोषिलाई हदै सम्मको कार्वाही गर्न समितिले माग राखेका छन् । समितिले रुकुम हत्या हत्याकण्डलाई निष्पक्ष छानविन गरी तत्काल दोषिहरुलाई कडा भन्दा कडा कार्वाही नगरे सम्म यसको विरुद्धमा संघर्ष गर्ने बताएका छन् ।
समितिले मृतकको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नु पर्ने, घाइतेलाई उपचारको व्यवस्था गर्नु पर्ने र उच्च स्तरिय संसदिय छानविन समिति गठन गरी चाँडो भन्दा चाँडो सत्यतथ्य पक्ता लगाई दोषिहरुलाई कार्वाहिको दायरामा ल्याउनु पर्ने माग सहित समिति गठन गरेको समितिका संयोजक भिम बहादुर विश्वकर्माले बताउनुभयो । रुकुम हत्याकाण्ड विरुद्धमा यस अघि दलित अधिकार संञ्जाल उदयपुरले संयोजन गरी जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाउने काम भएको थियो ।
साथै जिल्ला स्थित मानव अधिकारकर्मी, पत्रकार महासंघ, गैसस महासंघ, मानव अधिकार एलायन्स, दलित महिला संघ, मानव अधिकार संञ्जाल तथा जिल्लाका क्रियाशिल सामाजिक अगुवाहरुको समेत एकबद्धताको लागि संयोजन गरेका थिए । अहिले संञ्जालले सदस्य सचिवको संयोजन गर्ने कुरा दलित अधिकार संञ्जाल उदयपुरका अध्यक्ष दिलिप रसाइलीले बताउनुभयो । समितिले निकट भविष्यमा आफ्ना मागहरुको सम्बोधन नभएमा तत्काल बैठक वसि कडा आन्दोलनको कार्यक्रमहरु सहित अगाडी बढ्ने समितिले जनाएको छ ।
