
पूर्णपुष्टि, फागुन १६ । ईलामको माई नगरपालिका–१० लुम्बाक स्थितमा रुख काट्ने क्रममा रुख ढलि रुखले किचिदा एक जनाको मृत्यु भएका छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेल रहेका छन् ।
हिजो दिउँसो १२ बजे फलेदोको रुख काट्ने क्रममा रुख ढलि किचिदा घाईते भएका भुजेललाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का घाईते मोरङ पथरी शनिश्चरेका २२ बर्षीय बिज्ञान मगरको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
