Wednesday, May 20News That Matters

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

पूर्णपुष्टि, चैत्र ५ गते ।

चिसोले छाड्दै गर्मी प्रवेश गर्दै गर्दा मौसम परिवर्तनको क्रममा मौसमी फ्लु को जोखिम बढ्ने गर्दछ । रुघा खोकी र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लाग्यो भन्ने त्रास हुने गरेको छ ।

कोरोनाको लक्षण 

– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने

– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने

– श्वास लिँदा धेरै बल लगाउनुपर्ने

– छातीमा गाह्रो हुने

कति बेला अस्पताल जाने 

– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन

– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा

– ज्वरो निरन्तर आएमा

– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा

– ज्यान धेरै कमजोर र लत्रक्क परेको जस्तो महशुस भएमा

– मधुमेह, मिर्गाैला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने

प्रतिरोधात्मक क्षमता बढाउन 

– फलफुल, सागपात तथा हरिया तरकारी जस्ता खानेकुरा धेरै खाने

– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने

– सकभर स्वस्थ्य रहने

– प्रशस्त मात्रामा उमालेको पानी पिउने

– धेरै मात्रामा झोल पर्दाथ पिउने

दिन भर के गर्ने  

– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने

– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने

– स्यानिटाइजर नभए साबुन पानीले हात धुने

– शौचालय जाँदा र बाहिरबाट घर फर्केेपछि २० सेकेण्ड मिचीमिची हात धुने

– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने

– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने

– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने

– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने