Monday, June 29News That Matters

रुपन्देहीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, असोज १६

रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गतराति मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गतराति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थियो । योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।