
पूर्णपुष्टि, भदौ २०
रुपन्देहीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गतराति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि दुवै जनाको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको थियो ।
