Thursday, April 30News That Matters

रुसद्वारा युक्रेनलाई हतियार आपूर्ति गरेकामा अमेरिका र नाटोलाई,अप्रत्याशित परिणाम, को चेतावनी

काठमाण्डौँ, बैशाख ३

जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई “अनपेक्षित परिणाम” भोग्नुपर्ने चेतावनी दिएको छ । वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ ।
युक्रेनमा हतियार प्रणालीले, “अप्रत्याशित परिणामहरू ल्याउन सक्छ,” अल्जाजीराले रिपोर्ट गरेको । “हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौं, जसले क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ, नोटमा भनिएको छ । उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबंद लगायत समावेश छन् । (रासस)