
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग दोस्रो चरणको वार्ता सम्पन्न भएको बताएका छन् । भट्टराईले वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भएको बताएका छन्।
उनले लेखेका छन्, “नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग आज दोस्रो चरणको वार्ता सम्पन्न भयो । वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भयो । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरि आजको बैठक सम्पन्न भयो ।”
