
पूर्णपुष्टि, असार ११ । रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा सपुतमाथि बोतल प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।
नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले प्रहार गरेको क्यान बोतल सिधै अनुहारमा लागेको थियो । मादक पदार्थ सेवन गरेको व्यक्तिले बोतल प्रहारगर्दा सपुतको निधारमा सामान्य चोट लागेको छ । बोतल प्रहार भएपछि आधा घण्टा प्रभावित भएको कार्यक्रमलाई सुतले पुन निरन्तरता दिएका थिए । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।
