
पूर्णपुष्टि, जेठ २६ गते ।
आज रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।
संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर अहिले क्वारेन्टिनमा बसेका रहेका छन् ।
