Monday, April 20News That Matters

रौतामा भ्रमण वर्षको भब्य स्वागत

उदयपुर, पुस १७ गते ।

नेपाल भ्रमण वर्ष सन् २०२०लाई रौतामाई गाउँपालिकाले भब्यताका साथ स्वागत गरेको छ । देशैभर एकैसाथ विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको स्वागत गरिहेको बेला रौतामाईले जिल्लाकै प्रमुख धार्मीक तथा पर्यटकिय स्थल रौता पोखरीमा एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको स्वागत गरेको हो ।

उत्तरमा सर्वोच्च शिखर सगरमाथादेखि तराईका समथर फाँट हुदै भारतका विभिन्न भुभाग अवलोकन गर्न सकिने भ्यू प्वाईन्टको रुपमा रौता पोखरी रहेको छ । समुन्द्रि सतहदेखि करिब २१ सय मिटर उच्चाईमा रहेको रहेको रौता पोखरी पुग्न सदरमुकामदेखि करिब ४४ किलो मिटर रहेको छ । उक्त पोखरीको छुट्टै पहिचान रहेको छ ।

पालिका भित्र रहेको पर्यटकिय स्थलहरुको अध्ययन अनुसन्धानपछि पहिचान गरी गुरुयोजनामा समेट्ने काम भईरहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पर्यटन विकासले आर्थीक स्तरमा सुधार ल्याउने भएकाले पालिकाले पर्यटकिय क्षेत्रलाई शिवेष प्राथमिकतामा राखेर काम गरीरहेको उनले बताए ।

रौता पोखरीमा अतिआवश्यक रहेको सभा हल र अतिथि गृहको निर्माण गर्ने, जलमार्गका लागि सुनकोशी (पञ्चकोशी)मा ¥याफ्टिङ र बाफल डाँडाबाट प्याराग्लाईडिङको परिक्षण समेत भईसकेको अध्यक्ष खड्काले बताए । त्यस्तै अन्तर पालिका केवलकारको सुरुवात गरको छ भने जल्लाकै अल्लो डाँडा भालेबास र नेपालको छैटौँ लामो झर्ना ओडारी झर्नाको विकासमा पालिका लागि परेको उनले बताए ।

रौतामा सुरक्षाको लागि एउटा प्रहरी विटको आवश्यकता परेकाले सुरक्षा निकायसँग माग गर्ने, रौता पोखरी पुग्ने सडक बढी नगरपालिकामा पर्ने भएकाले समन्वय र सहकार्य भईरहेको अध्यक्ष खड्काले बताए । रौता पोखरीको विकासका लागि सवै पक्षको उतिकै खाँचो पर्ने भएकाले सवैले सहयोग गर्न आग्रह गरेका छन् ।

पालिकाले पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि अध्ययन अनुसन्धान गरी डिपिआर तयार गरेर अगाडी बढीरहेको रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी राना ठकुरीले बताईन् ।

उत्तरमा सेताम्ये हिराका हार झै देखिने सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च अग्ला हिमशृङ्खला र दक्षिणमा देखि समथर तराईका फाँटदेखि भारतका भुभाग देख्न सकिने एउटा भ्यू प्वाईन्टको रुपमा रौता पोखरी रहेको रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए ।

जैविक विविधताले भरिपूर्ण रहेको रौता पर्यटकिय हिसावले ठूलो सम्भावना बोकेको ठाउँ हो । आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन सके सामाजिक, साकृतिक तथा आर्थीक विकास हुन्छ । यसस्ता क्षेत्रको लागि पालिका लागि परीरहेको प्रप्रअ राईले बताए ।

पर्यटन भित्र्याउने कुरामा पर्यटकिय स्थलको विकाससँगै स्थानीय उत्पादनको पनि विकास गर्नु पर्ने रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र रासकोटीले बताए । जिल्लाको अरु पर्यटकिय स्थल भन्दा फरक पहिचान बोकेको रौता पोखरीमा पर्यटक कसरी भित्र्याउन सकिन्छ ? भन्ने कुरामा समस्याको समाधान गर्दै अगाडी बढ्नु पर्ने उनले बताए ।

पर्यटकिय क्षेत्रको काम गर्नका लागि पालिकाले पर्यटन बोर्डको स्थापना गर्नु पर्ने अवश्यकता रहेको नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्काले बताए । बोर्डको स्थापना गरेपछि पर्यटन सम्बन्धि सम्पूर्ण काम त्यसले गर्ने भएकाले छिटो विकास हुने उनले बताए ।

जातिय, धार्मीक र पुराना वस्तुको महत्व बढ्दै गएकाले त्यस्ता कुराहरुको संरक्षण तथा प्रवद्र्धन गर्नु पर्ने नेकपाका नेता विरेन्द्र मगरले बताए । पर्यटकले नदेखेका कुरा र नयाँ वस्तु अवलोकन गर्न मन पराउने भएकाले यस्ता कुरा हेर्न सक्ने व्यावस्था मिलाउनु पर्ने उनले बताए ।

पर्यटकिय स्थलको विकाससँगै पर्यटक कसरी भित्र्उने भन्ने कुरामा कार्य योजना बनाएर अगाडी बढ्नु पर्ने मगरले बताए ।

पर्यटकिय स्थलको विकाससँगै त्यस ठाउँमा पुग्नको लागि बाह्रैमास चल्ने सडक निर्माण गर्न अत्यन्तै जरुरी रहेको नेकपाका उदयपुर जिल्ला सदस्य तथा स्थानीय नेता केशव राईले बताए । दिगो सडक निर्माण गर्न नसक्दा भ्रमण वर्ष सफल बनाउन कठिन हुने उनले बताए । जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलमा किन पर्यटक भित्र्याउन सकिराखेको छैनौँ ? यसको समस्याको खोजी गरी समाधान गर्न जरुरी रहेको छ । त्यसमा साथ सहयोग गर्न तयार रहेको उनले बताए ।

फोटो फिचर